स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु १ घाईते
२०८०-०२-०१
- A
- A-
- A+
सुनसरीको ईटहरी उपमहानगरपालिका-१७ सिप्रदी स्थित पूर्ब पश्चिम राजमार्गमा स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । आईतबार साँझ सवा ६ बजेको समयमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको मे.११ प.३५३६ नम्बरको स्कुटर अनियन्त्रीत भई लबिपुर खोलाको पुलको रेलिङमा ठक्कर खाई दुर्घटना हुँदा घाईते भएकी स्कुटर चालक ईटहरी ७ की २० बर्षीया यलिसा मगरको उपचारको क्रममा बिराट टिचिङ अस्पतालमा मृत्यु भएको तथा पछाडी सवार ईटहरी ५ की २२ बर्षीया सुस्मिता चौधरीको बिराट नर्सिङहोम बिराटनगरमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।