सर्पको टोकाईबाट नाबालिकाको मृत्यु
२०८०-०१-३०
- A
- A-
- A+
सुनसरीको ईनरुवा नगरपालिका ८ डुम्राहा स्थितमा सर्पको टोकाईबाट नाबालिकाको मृत्यु भएको छ । शुक्रबार राति साढे १० बजेको समयमा दिनेश उरावको १० महिनाकी छोरीले आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा मुसाको दुलोमा हात हाल्दा सर्पले टोकेर घाईते भएकि हुन् । घाईते उनलाई उपचारको लागी जिल्ला अस्पताल ईनरुवा ल्याउने क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ