प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना सहित ३ जना पक्राउ

२०८०-०१-२३

  • A
  • A-
  • A+
Share

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट अवैध सुन, चाँदी जस्तो देखिने धातुका गरगहना बोकेको भेन सहित ३ जना मानिस पक्राउ परेका छन । पक्राउ पर्नेमा भेन चालक बिराटनगर-२ का ५२ बर्षीय बिमल कामत, भारत बिहार कटिहारका ६१ बर्षीय बिनोद कुमार मुरारका र उनकि श्रीमती ५६ बर्षीया पुष्पा मुरारका रहेका छन ।  हिजो दिउँसो साढे ३ बजे बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) बाट परिचालन भएको प्रहरी बरिष्ट नायव निरीक्षक फिरोज चौधरी सहितको प्रहरी टोलीले संकास्पद अवस्थामा बिराटनगरबाट रानीतर्फ जादै गरेको को. २ च १४९५ नम्वरको इको भेनलाई रोकी चेक जाँच गर्ने क्रममा भेनमा लुकाई छिपाई राखेको अवस्थामा र  भेनमा सवार रहेका उनिहरुको शरिर खानतलासी गर्ने क्रममा सुन जस्तो देखिने पहेलो धातुबाट बनेका बिभिन्न प्रकारका  गरगहनाहरु, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका बिभिन्न प्रकारका सामग्रीहरु र बिभिन्न दरका भारतिया रुपैया ७ लाख ९५ हजार २ सय ८९ रुपैया बरामद गरेको हो । बरामद गरिएका निम्न अनुसारका गरगहना, नगद र इको भेन समेत गरी करिव ९० लाख मुल्य बरावरको सामाग्रीहरु आवश्‍यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय रानी मार्फत जिल्ला प्रहरी कार्यालय मोरङमा पठाइएको छ भने अन्य थप अनुसन्धान भईरहेको छ ।


बरामद गरिएका सामग्रीहरुः
सुन जस्तो देखिने पहेलो धातुका सामग्रीहरुः
१)    ठुलो बिस्कुट थान-३ ( ३० तोला )
२)    सानो बिस्कुट थान-६ ( ६ तोला )
३)    ५ ग्रामको बिस्कुट थान-२ ( १० ग्राम )
४)    सिक्काहरु  ( ३६ ग्राम )
५)    ४ ग्रामको सिक्काहरु थान-१० ( ४० ग्राम )
६)    १० ग्रामको सिक्का थान-१
७)    ८ ग्रामको सिक्का थान-६ । ( ४८ ग्राम )
८)    १० ग्रामको सिक्काहरु थान-२ (२० ग्राम )
९)    कनौती थान-२ ( ५.७८ ग्राम )
१०)    ह्यालिङ थान-२ ( ६.५० ग्राम )

चाँदी जस्तो देखिने सेतो धातुबाट बनेको सामग्रीहरु
११)    ढिक्का थान-११ ( १७१९.४४ ग्राम )
१२)    बुनिया ( ९२.८० ग्राम ।
१३)    सिक्का थान-६८ (३६८.३२ ग्राम )
१४)    चार मुखे कचौरा (दियो) थान-१ (५०.१४ ग्राम )
१५)    सिन्धुर राख्ने सिसि थान-१ ( ५.४८ ग्राम )
१६)    थाल थान-६ , (२४१४.०८ ग्राम )
१७)    कचौरा थान-६ (३९७.८४ ग्राम )
१८)    चम्चा थान-६ ( ३०३.४९ ग्राम )
१९)    गिलास थान-६ ( ३६८.८३ ग्राम )
२०)    मड्की थान-१ ( ३७.८८ ग्राम )
२१)    डिनरसेट ढोंगा ४  थान

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।