प्रतिबन्धित औषधी सहित १ जना पक्राउ
२०८०-०१-२०
- A
- A-
- A+
सुनसरीको रामधुनी नगरपालिका-५ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो साढे ३ बजे डेरा गरी कोठामा बस्दै आएका सुदेश राई र उनको श्रीमती २४ बर्षीया उर्मीला चौधरीले प्रतिबन्धित औषधी बिक्री बितरण गरीरहेको छ भन्ने बिषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले Tramadol Hydrochloride Capsules I.P.Teercare-50 लेखिएको प्रतिबन्धित औषधी ४ हजार ४ सय २० ट्याप्लेट र नगद २६ हजार रुपैया सहित चौधरीलाई नियन्त्रणमा लिएको हो । प्रतिबन्धित औषधी सहित पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।