लागुऔषध दुर्व्यसन न्युनिकरण सम्बन्धी सप्ताह व्यापी कार्यक्रम संचालन
२०८०-०१-१७
- A
- A-
- A+
ईलाका प्रहरी कार्यालय दुहबीले लागुऔषध दुर्व्यसन न्युनिकरण सम्बन्धी सप्ताह व्यापी कार्यक्रम संचालन गरेको छ । दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छादारको प्रमुख आतिथ्यतामा दुहवी नगरपालिकाको सभाहलमा बैशाख १५ गते एक कार्यक्रमको आयोजना गरी शुरुवात गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी विशेष सुरक्षा गण दुहवी सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विनोद शर्मा र पुर्व प्रहरी उपरीक्षक विद्यानन्द माझीले लागु औषध दुर्व्यसन सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधीहरु, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक राज कुमार राई, पुर्व प्रहरी संगठनका पदाधीकारीहरु, स्थानीयवासीहरु, माउण्ट मनास्लु विद्यालय र सरस्वती माध्यामिक बिद्यालयका विद्यार्थी तथा शिक्षकहरु र संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।