चोरी मुद्दाका फरार प्रतिबादी पक्राउ
२०८०-०१-१३
- A
- A-
- A+
ईलाका प्रहरी कार्यालय दुहबी सुनसरीबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । चोरी मुद्दामा सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७८|११|०४ गतेको फैसला आदेशले ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना रहि फरार रहेका दुहबी नगरपालिका-९ का २६ बर्षीय मो. ईमतीयाजलाई खोजतलास गर्ने क्रममा दुहवी-५ डाँगाचौकबाट मंगलवार प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित जिल्ला अदालत सुनसरीमा पेश गरेकोमा तोकिएको कैद भुक्तानको लागि झुम्का कारागार पठाईएको छ ।