प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा १ जनाको मृत्यु १ घाईते

२०८०-०१-१२

  • A
  • A-
  • A+
Share

मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलकपुर स्थितमा सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । हिजो दिउँसो सवा तिन बजेको समयमा पुर्व पश्चिम राजमार्गमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को १ ख  ६२६९ नम्बरको बसले बिपरित दिशा तर्फ आउदै गरेको प्र १-०२-०५२ प ००७१ नम्बरको मोसालाई ठक्कर दिदा मोटरसाईकल पछाडि सवार ग्रामथान गापा ६ मोरङ बस्ने बर्ष ४५ कि नन्द कुमारी राईको उपचारको क्रममा न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको थियो भने मोटरसाईकल चालक मोरङको ग्रामथान गाँऊपालिका ६ बस्ने बर्ष २४ को बिशाल सरदारको सोही अस्पतालमा उपचार भईरहेको छ । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जना पक्राउ
२०८२-०४-२३

झापा र मोरङबाट लागू औषध ब्राउन सुगर र प्रतिबन्धित औषधी सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २२ गते मोरङको बिराटनगर- १५ स्थितमा इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका भारत अररिया फारबिसगंजका ३५ बर्षीय सिकंदर बाखत र सरफराजलाई १ सय ४१ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय दमकले ३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगर सहित दमक नगरपालिका-४ कि २६ बर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका- ५ का २७ बर्षीय संजिब लिम्बु, वसन्त राई र कमल गाउँपालिका- ४ का सन्दिप धिमाललाई पक्राउ गरेको छ । यसै गरी विषेश सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका- ५ का ४६ बर्षीय राजेन्द्र पंथाकलाई उनले घरमा लुकाई छिपाई राखेको ट्रामाडोल २० हजार क्याप्सुल सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ६ जना पक्राउ
२०८२-०४-२२

मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते मोरङको इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे-१० का २२ बर्षीय अब्राहम राई र २६ बर्षीय युकेश राईलाई ट्रामाडोल ५९ चक्की सहित र प्रहरी चौकी रमाईलोले कानेपोखरी गाउँपालिका- ६ का ३३ बर्षीय प्रेम दाहाल र २२ बर्षीय निसान माझीलाई डायक्लोमाईन र ट्रामाडोल गरी जम्मा ३४९ चक्की सहित पक्राउ गरेको छ । त्यसै गरी प्रहरी चौकी पानबारी सुनसरीले धरान- ६ का २७ बर्षीय चेतनाथ खड्कालाई ट्रामाडोल ९४ क्याप्सुल र डिकोलिक ९५ ट्याब्लेट सहित र प्रहरी बिट आम्बासी उदयपुरले बेलका नगरपालिका- ३ का ३५ बर्षीय शुनिल श्रेष्ठलाई ९ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  

प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जना पक्राउ
२०८२-०४-२२

झापाको कमल गाउँपालिका- ६ स्थितबाट प्रतिवन्धित औषधी बेचविखनमा संलग्न मेडिकल संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २१ गते झापाको कमल गाउँपालिका- ६ स्थित बिष्णु प्रसाद बगालेको घरमा लागू औषध लुकाई छिपाई राखेको छ भन्ने बिशेष  सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उक्त घरको कोठा भित्र प्रतिबन्धित औषधी ट्रामाडोल ३ हजार क्याप्सुल, डायक्लोमाई २ हजार १ सय १० ट्याव्लेट र स्पास्पेन २ हजार ५० ट्याव्लेट बरामद गरेको हो । प्रतिबन्धित औषधी बरामद भए संगै घर धनी बगाले र बेचबिखनमा संलग्न दमक मेडिकल डिस्ट्रिब्युटरका संचालक ४० बर्षीय गंगा बहादुर खड्कालाई नियन्त्रणमा लिएको हो ।  

लागू औषध ब्राउन सुगर सहित ७ जना पक्राउ
२०८२-०४-२१

  सुनसरी र झापा जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन २० गते सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा लागू औषध बेचबिखन भईरहेको छ बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ८८ ग्राम ३३ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नेपाली रुपैँया सहित कोशीगाउँपालिका-४ का ३४ बर्षीय मनोज कुमार खत्वे र भारत अररिया बस्मतियाका ४५ बर्षीय राज कुमार खत्वेलाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय सुनसरीले ईनरुवा-४ बाट बराहक्षेत्र नगरपालिका-२ का २० बर्षीय रमेश बस्नेतलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी झापाको प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा नगरपालिका-७ का  ३२ बर्षीय बिजय मगर, अर्जुनधारा- ३ का जिवन चौलागाई र अर्जुनधारा- ४ का २४ बर्षीय देवेन्द्र भन्ने अशोक चौधरीलाई ४०० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय काँकरभिट्टाले बिर्तामोड नगरपालिका- ५ का २४ बर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  

नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जना पक्राउ
२०८२-०४-२१

सुनसरीको कोशी गाँउपालिका-८ स्थितबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमान कंकालिनी गाउँपालिका-१ का २५ बर्षीय राजेश चमार रजक र  हनुमान कंकालिनी गाउँपालिका-२ का २५ बर्षीय राजेश कुमार रजक रहेका छन । साउन १९ गते राती इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लु. ९२ प २३८० नम्बरको मोटरसाईकल पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली रुपैया १ हजार दरको नक्कली नोट ३८ थान बरामद गरे संगै मोटरसाईकल चालक राजेश कुमार रजक समेतलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

नेपाल प्रहरी श्रीमती संघको “४१ औं” वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम ।
२०८२-०४-२१

नेपाल प्रहरी श्रीमती संघको “४१ औं” वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशद्वारा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । साउन २१ गते कोशी प्रदेश प्रहरी अस्पताल इनरुवा सुनसरी र  नेपाल रेडक्रस सोसाईटी विराटगरको सहकार्यमा कोशी प्रदेश प्रहरी अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा प्रहरी कर्मचारीहरुद्वारा रक्तदान गरिएको थियो । उक्त कार्यक्रमको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी प्रशासन सचिव श्रीमती निशा मेहताले पानसमा दिप प्रज्जवलन गरी समुद्‍घाटन गर्नु भएको थियो । कार्यक्रममा अस्पतालका प्रा. प्रहरी नायव उपरीक्षक डा. सरोज सिंह, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।