प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपराध अनुसन्धान कार्य सुधार गोष्ठी-२०७९ सम्पन्न

२०७९-१२-२३

  • A
  • A-
  • A+
Share

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा एक दिने अपराध अनुसन्धान कार्य सुधार गोष्ठी-२०७९ सम्पन्न भएको छ । आज बिहान प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी वरिष्ट उपरीक्षक राजेशनाथ बस्तोलाको प्रमुख आतिथ्यतामा संचालन भएको गोष्ठीमा कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालय तथा मुद्दा चल्ने इलाका प्रहरी कार्यालयहरुको अपराध अनुसन्धान शाखामा कार्यरत प्रहरी निरीक्षक तथा जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम उदघाटनको क्रममा प्रमुख अतिथि बास्तोलाले अपराध अनुसन्धान कार्य सुधार गोष्ठीले अनुसन्धानकर्ताहरुमा दक्षताको बिकास भई अनुसन्धानमा प्रभावकारीता आउनुको साथै अनुभव आदान प्रदानले अनुसन्धानमा थप ज्ञान बढ्ने विश्वास दिलाउनुका साथै प्रहरीले सफल अनुसन्धान गरेमा प्रहरी सङगठनको छवि सदैव उच्च रहने हुँदा अनुसन्धानकर्ता प्रहरीले त्रुटि रहित तवरबाट अनुसन्धान गर्नु पर्ने बताउनु भयो ।  यसका साथै वहाँले पछिल्लो समय प्रबिधीको प्रयोग गरी धेरै जसो अपराधहरु बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रबिधी मैत्री हुनुको बिकल्प नरहेको बताउदै अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरु बढी संबेदनशिल भई पारदर्शी रुपमा काम गर्ने निर्देशन समेत दिनु भयो ।  


सुधार कार्य गोष्ठीमा सहभागी अनुसन्धानकर्ता प्रहरी अधिकृतहरुलाई नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी उपरीक्षक भीम बहादुर दाहालले प्रहरीले अपराध अनुसन्धानलाई त्रुटी रहित बनाई अनुसन्धानमा देखिएका समस्याहरुलाई दक्षताका साथ समाधान गर्ने विषयमा घटनाको प्रारम्भिक अनुसन्धान, अनुसन्धानात्मक सोधपुछ, हिरासत  व्यवस्थापन, भौतिक सबुद परिक्षण, Photography, Sketch, Traffic Sketch, Videography, CCTV Footage, Facebook, YouTube & Video Collection, अभियुक्त (प्रतिवादी) पहिचान, खोजी र पक्राउ, अनुसन्धान डायरी कार्यान्वयन, पुरानो पेण्डिङ मुद्दाको अध्ययन र Follow up, फरार अभियुक्तको खोजी र पक्राउ, विशेष प्रकारका अपराधको प्रवृति विश्लेषण र अपराध नियन्त्रण कार्ययोजना निर्माण र कार्यान्वयन गर्दा  हुनसक्ने त्रुटिहरु र सुधारका विषयहरुमा प्रशिक्षण, छलफल तथा अन्तरक्रिया समेत गर्नु भएको थियो । यसका साथै प्रशिक्षक र प्रशिक्षार्थूबिच अनुसन्धानका बिबिध पक्षको बिषयमा भएको छलफलमा देखिएका र अनुसन्धानको क्रममा हुने कमी कमजोरीहरुलाई सुधार गर्ने प्रतिबद्धता जनाउने गरी प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरिएको थियो ।

 
उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गरी अनुसन्धान पद्धतीलाई थप बैज्ञानिक, व्यबसायिक र पारदर्शी बनाउँदै अपराध अनुसन्धानका विभिन्न पक्षहरुमा छलफल तथा अन्तरक्रियाबाट प्राप्‍त रायसुझाब र निष्कर्षको आधारमा कार्यसम्पादनमा देखा परेका कमी कमजोरी र त्रुटी सुधार गरी अनुसन्धान कार्यमा प्रभावकारीता ल्याउनु सुधार गोष्ठीको मुख्य उदेश्य रहेको छ ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।