फरार प्रतिबादी पक्राउ
२०७८-०७-०८
- A
- A-
- A+
फरार प्रतिबादी सुनसरी धरान उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीया रानी कुमारी साहलाई आज पक्राउ गरि सम्मानित जिल्ला अदालतमा बुझाईएको छ ।
वैकिंग कसुर मुद्धामा सम्मानित मोरङ उच्च अदालतबाट २०७६ माघ ६ गतेको सजाय निर्धारण फैसला आदेशले क्रमसः १ महिना कैद तथा रु.५,००,०००/- (पाँच लाख) जरिवाना भई लगत नं. ९३४९ मा कैद जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेकी साहलाई खोजतलास गर्ने क्रममा १ नं प्रदेश प्रहरी कार्यालय, R.I.T बाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई सम्मानित सुनसारी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरेको छ ।