प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु १ जना घाईते

२०७९-११-३०

  • A
  • A-
  • A+
Share

धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो दिउँसो ३ बजे धनकुटाको महालक्ष्मी नगरपालिका-४ स्थित मुढे-लेगुवा सडक खण्डमा को को. २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किई दुर्घटना हुँदा चालक संखुवासभा मादि नगरपालिका-९ का ३० बर्षीय गुणन बिश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको हो ।
त्यसै गरी राती पौने ८ बजे सुनसरीको दुहबी नगरपालिका-८ कोशी राजमार्ग स्थितमा ध. १ ख ६४७ नम्बरको बसले बाटो काट्दै  गरेको पैदल यात्री सर्लाही मलङग्वा-७ घई भई पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ बर्षीय रबिन्द्र महरालाई ठक्कर दिदा घाईते भएका महराको उपचारको क्रममा बिराट नर्सिङ होम बिराटनगरमा मृत्यु भएको हो  भने ईटहरी उप-महानगरपालिका-२० कोशी लोकमार्ग स्थितमा ना. ६ ख १७२४ नम्बरको ट्रकले बा. ९४ प ७१६० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक खोटाङ केपिलासगढि गाउँपालिका-७ का २९ बर्षीय निशान राई र मोटरसाईकल पछाडि सवार धरान-१५ कि २४ बर्षीया जेनिशा राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा जेनिसा राईको उपचारको क्रममा मृत्यु भएको हो ।

घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित
२०८२-११-०४

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक मदन के.सी. लाई माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक मदन के.सी. ले  ओखलढुंगाको चिशंखुगढी गाउपालिका-६ भदौरे बोहोरेका ७४ बर्षीय चन्द्र बिक्रम राई र ८० बर्षीया चन्द्र माया राईलाई २०८२ साल माघ १३ गते अज्ञात व्यक्तिहरुले कोदालो प्रहार गरी बिभत्स हत्या गरी सुनको गरगहना र नगद समेत लुटी फरार भएको घटनाको अनुसन्धानको क्रममा  घटनामा संलग्न २ जनालाई काठमाण्डौ महानगरपालिका-१५ स्थितबाट लुटेको सामान सहित माघ २३ गते पक्राउ गरेको, यसै गरी २०६७ साल असार २४ गते ओखलढुंगाको भदौरे गा.वि.स.-२ का ४३ बर्षीय छविलाल कार्कीलाई कर्तब्य गरी मारी फरार रहेका प्रतिवादीलाई २०८२ साल  माघ १७ गते (१५ बर्ष पछि) पक्राउ गरेको साथै २०८२ साल मंसिर २८ गते ओखलढुंगा खिजिदेम्वा गाउँपालिका-९ स्थितमा एक महिलालाई जवरजस्ती करणी गरी फरार रहेका २७ बर्षीय प्रतिवादीलाई २०८२ साल माघ ४ गते पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भई जनमानसमा शान्ति सुरक्षाको अनुभूति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट वहन गरेको हुँदा निज प्रहरी नायव उपरीक्षकबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल माघ महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।