अवैध औषधी बरामद
२०७९-११-२२
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका- १६ दक्षिण गेट स्थितबाट अवैध औषधी प्रहरीले बरामद गरेको छ । हिजो बेलुका १२ बजे ईलाका प्रहरी कार्यालय रानी(सिमा) बाट खटिएको प्रहरी टोलीले अवैध रुपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा Mamofen ३५ प्याकेट, AQUAPAM ३५ प्याकेट, Dextomid ४ प्याकेट, Erypeg 50 -१० पिस, Duvadilan १० पिस, Stpase २ प्याकेट, Bevac २ प्याकेट र Targocid १५ प्याकेट औषधी प्रहरीले बरामद गरेको हो । बरामद भएका अन्दाजि ३ लाख ९० हजार ७ सय ५२ रुपैया बराबरको औषधी ईलाका प्रहरी कार्यालय रानी(सिमा) ल्याई थप अनुसन्धान भईरहेको छ ।