प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नियन्त्रित लागुऔषध गाँजा सहित ३ जना पक्राउ

२०७९-११-२१

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेशका सुनसरी, उदयपुर र धनकुटा जिल्ला तिन छुट्टाछुट्टै स्थानबाट ठुलो परिणाममा नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जनालाई प्रहरी पक्राउ गरेको छ । उदयपुरको कटारी नगरपालिका-१ कालिखोला एरियामा लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका-४ सिराहाका २२ बर्षीय ललित सिंहलाई गाँजा सहित शनिवार दिउँसो पक्राउ गरेको हो । प्रदेश २-०१-००१ प १५२६ नम्बरको स्कुटरमा सवार रहेका सिंहलाई रोकेर चेकजाँच गर्ने क्रममा सिंहको साथबाट प्रहरी २२ केजी लागुऔषध गाँजा बरामद गरेको हो । यसैगरी वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका-१३ बाट साँढे ४१ केजी गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको ओसार भईरहेको भन्ने सूचना पाए संगै तत्काल खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउँदै गरेको बा १३ च २६८ नम्बरक कारलाई रोकेर चेकजाँच गर्ने क्रममा कार भित्र लुकाई छिपाई राखिएको अवस्थामा गाँजा बरामद भएको थियो । कारबाट गाँजा बरामद भएसंगै कार चालक धरान-१६ का ४० बर्षीय सुकेन्द्र लिम्बु र कारमा सवार रहेका पाख्रिवास ९ धनकुटा घर भई धरान १७ बस्दै  आएका २८ बर्षीय नविन राईलाई समेत पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यसैगरी धनकुटाको साँगुरी गढी गाँउपालिका-८ बाट १०६ केजी गाँजा बरामद भएको छ । ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले सडकमा रोकी राखेको को १ ज १८११ नम्बरको पिकअपलाई चेकजाँच गर्ने क्रममा उक्त पिकअपबाट १०६ केजी गाँजा बरामद भएको थियो । उक्त पिकअपमा चालक नभएको हुँदा खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ज २०१८ नम्बरको बोलेरो बरामद गरे संगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  लागू औषध गाँजा सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-२०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका- ६ का सुजन दाहाललाई २ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा- ४ बाट नियन्त्रणमा लिएको हो भने धरान-२० स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री सोहि स्थानका मौसम राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानीले विराटनगर- १७ का मो. अकबरलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ । 

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण, आपसी भाईचारा र सहयोगी भावनाका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०८-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिनु भएको छ । जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न  सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।