अबैध औषधी बरामद
२०७९-११-२१
- A
- A-
- A+
मोरङका दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले ठुलो परिणमामा अबैध औषधी बरामद गरेको छ । शनिवार राती साँढे ११ बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर-१६ बाट भारतबाट अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको Glownec Gel ;- ५५ प्याकेट, Lifetin Tablets ;- १४४ प्याकेट गरी अन्दाजी आठ लाख बाउन्न हजार भन्दा बढीको औषधी बरामद गरेको छ । साईकलमा लोड भएको अवस्थामा बरामद भएको उक्त औषधीको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ । यसैगरी ईलाका प्रहरी कार्यालय पथरीबाट शनिवार दिउँसो खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-४ बाट प्रतिबन्धित औषधी ईस्पाइसपेन ५४०० चक्की र ट्रामाडोल ५२०० चक्कि बरामद गरेको छ । बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले स्थानिय एक सुगुर फार्म नजिक खाल्डोमा परालले छोपेको राखेको अवस्थामा उक्त परिणामको प्रतिबन्धीत औषधी बरामद गरेको र सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।