प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

१ नम्बर प्रदेश प्रहरी अस्पतालको समुद्घाटन

२०७९-११-१०

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी अस्पतालको समुद्धाटन सम्पन्न भएको छ । मोरङ जिल्लाको बेलबारी नगरपालिका-३ मा रहेको पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित प्रदेश प्रहरी अस्पतालको एक बिशेष कार्यक्रमका बिच संगठन प्रमुख प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिधिवत रुपमा अस्पताल भवनको समुद्धाटन गर्नु भएको हो । नेपाल प्रहरी प्रदेश संरचनामा रुपान्तरण हुदै गरेको र प्रदेश भरीका प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेश प्रहरी अस्पतालको स्थापना गरी समुद्घाटन भएको हो । भवन उद्घाटन पश्चात प्रमुख अतिथि प्रहरी महानिरीक्षक सिंह लगायत अन्य अथितिहरुले नव-निर्मित भवन साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गर्नुभएको थियो । भवन उद्घाटनको क्रममा कार्यक्रमलाई सम्वोधन गर्नु हुदै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले १ नम्बर प्रदेशमा रहेका पुर्व प्रहरी कर्मचारी, अमर/अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रीत परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने उदेश्यले प्रदेश प्रहरी अस्पताल संचालनमा ल्याईएको बताउनु भयो । यसका साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीहरुले समेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन हुन कार्यरत प्राबिधिक प्रहरी कर्मचारूहरूलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरीकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम भुमिका रहने र अस्पतालको स्तरोन्नती लगायत हरेक क्षेत्रमा सहयोग र समन्वयको लागी नगरपालिका सदैव तत्पर रहेको बताउनु भयो । कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सिमित श्रोत र साधनका बिच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको बताउनु भयो । उक्त कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तब्य राख्नु हुँदै प्रहरी कर्मचारीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी अस्पताल निर्माण कार्यमा सहयोग पुर्‍याउनु हुने सबैमा हार्दिक आभार प्रकट गर्नु भयो । यसका साथै वहाँले प्रहरी अस्पतालबाट तल्लो तहका प्रहरी कर्मचारीहरु सेवाबाट प्रत्यक्ष लाभान्वित भई अहोरात्र सेवामा समर्पित हुने र आश्रित परिवार तथा पुर्व प्रहरी कर्मचारीहरुलाई समेत स्वास्थ्य सेवा प्रदान हुने हुँदा अझ प्रभावकारी रुपमा प्रहरी सेवा प्रदान हुनेमा आफु बिश्वस्त रहेको बताउनु भयो   । कार्यक्रममा प्रदेश प्रहरी अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले प्रदेश प्रहरी अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । यसका साथै प्रदेश प्रहरी अस्पतालमा तत्काल ३ जना बिशेषज्ञ चिकित्सक सहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने छ भने सेवा बिस्तारको क्रममा अन्य सेवाहरु समेत क्रमश थप हुदै जाने प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले बताउनु भएको छ । उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रदेश स्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न स्थानिय निकायका जनप्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पुर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा  स्थानिय बासीहरु समेत गरी करिव ७ सय जनाको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार
लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२५

झापा, मोरङ र सुनसरीबाट लागू औषध बेचबिखनमा संलग्न २ महिला सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर २४ गते झापाको वडा प्रहरी कार्यालय भद्रपुरले भद्रपुर नगरपालिका-५ स्थितमा चेकजाँचको क्रममा भारत दार्जेलिङका गोपाल बैधलाई ३ ग्राम ७३० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । त्यसै गरी सुनसरीको धरान- ११ कि रोशनी राई र धरान-१५ की खुशी राईलाई औषध ट्रामाडोल १५० क्याप्सुल र स्पास्पेन १६५ ट्याब्लेट सहित अस्थायी प्रहरी चौकी रेल्वेले नियन्त्रणमा लिएको छ भने चेकजाँचकै क्रममा मोरङको इलाका प्रहरी कार्यालय सिजुवाले पथरी शनिश्चरे नगरपालिका-१ का अशोक बराईलीलाई नाईट्राजाम र स्पास गरी जम्मा २८ ट्याब्लेट सहित पक्राउ गरेको छ ।

लागू औषध सहित ५ जना प्रहरीको नियन्त्रणमा
२०८२-०८-२४

सुनसरी, उदयपुर र मोरङको बिभिन्न स्थानहरुबाट मंसिर २३ गते लागू औषध सहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ  । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरीबाट गस्तिमा खटिएको प्रहरी टोलीले इटहरी उप-महानगरपालिका-२ स्थित सडक किनारमा रोकेर राखेको BR 38 T 3596 नम्बरको मोटरसाईकल चालक भारत विहारका ३० बर्षीय सुरज कुमार सोनी र २५ बर्षीय केशव कुमार सोनीलाई शंकालागी चेकजाँच गर्दा साथमा रहेको १३ ग्राम ४४० मिलिग्रा लागू औषध ब्राउन सुगर सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो । चेकजाँचकै क्रममा उदयपुरको इलाका प्रहरी कार्यालय कटारीले बिभिन्न प्रकारको लागू औषध १ सय १० ट्याब्लेट सहित कटारी-४ का रुस्तम तामाङलाई नियन्त्रणमा लिएको हो भने मोरङको इलाका प्रहरी कार्यालय रानीले विराटनगर-१५ स्थितबाट को २ प २०४२ नम्बरको मोटरसाईकल चालक भारत बिहारका २६ बर्षीय निरज राय र पछाडी सवार बिराटनगर-१६ का ४१ बर्षीय राकेश यादवलाई ब्राउन सुगर ५ ग्राम १५ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।

कोशी प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण भ्रमण, कठिन परिस्थिति र चुनौतीहरूको सहज रूपमा सामना गर्न निर्देशन
२०८२-०८-२४

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय सुनरीको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर २४ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पूर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय तथा अन्तरगत रहेका प्रहरी इकाईहरु समेतबाट उपस्थित प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । निर्देशनको क्रममा वहाँले जस्तो सुकै कठिन परिस्थिति र चुनौतीहरूको समेत सहज रूपमा सामना गरी कुनै दवाब, प्रभाव र प्रलोभनमा नपरी व्यक्तिगत हित भन्दा माथि उठेर संगठनको गरिमालाई सदैव उच्च राखी नागरिक मैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । प्रहरीको दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई शान्ति सुरक्षा प्रभावकारी बनाउन, खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करी, लागुऔषधको ओसार पसारका घटनाहरुलाई नियन्त्रण गर्न कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउन तथा  कार्यालयमा आउने सेवाग्राहीहरुको पिरमार्कालाई प्रथामिकतामा राखि प्रविधि मैत्री नागरिक सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ । यसै गरी भित्री ग्रामिण बस्तीहरुमा बसोवास गर्ने नागरिकहरुको समस्या पिरमार्काको सुनवाई गर्न तथा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउन साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख घिमिरेलाई जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशव कुमार थेवेले जिल्लाको शान्ति सुरक्षाको बारेमा अवगत गराउनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया समेतको उपस्थिती रहेको थियो ।    

लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२३

झापा, मोरङ र सुनसरीको बिभिन्न स्थानहरुबाट मंसिर २२ गते लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेका दमक-१ का रोशन भुजेललाई १ ग्राम २९ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसैगरी मोरङको इलाका प्रहरी कार्यालय पथरीले उर्लाबारी-३ का पंकज पोखरेललाई ६ सय १० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने चेकजाँचकै क्रममा सुनसरीको अस्थायी प्रहरी पोष्ट तिनकुनेले धरान-४ कि प्रमिला राईलाई प्रतिबन्धीत औषधी ट्रामोल १०० क्याप्सुल र स्पास्पेन १०० ट्याब्लेट सहित पक्राउ गरे संगै कारोबारमा संलग्न धरान-८ का ६६ बर्षीय टेक बहादुर तामाङलाई उनकै घर कोठाबाट प्रतिबन्धीत औषधी ट्रामोल-१०२० क्यापसुल, स्पास्पेन -१०१० ट्याब्लेट र नगद १ लाख ४७ हजार ६ सय रुपैया सहित नयन्त्रणमा लिएको हो । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भईरहेको छ ।