प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु १ जना घाईते

२०७९-११-१०

  • A
  • A-
  • A+
Share

झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दुर्घटना हुँदा तिन जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । हिजो सुनसरीको ईटहरी उप-महानगरपालिका-१० खनार स्थित दक्षिणबाट उत्तर तर्फ जादै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफै अनियन्त्रित भई पल्टिदा घाईते भएका सिटिमा सवार ईटहरी- १० का ४० बर्षीय सुरेन्द्र सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

यसै गरी आज मोरङको बेलबारी नगरपालिका-१ शिशौली चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउदै गरेको २ वटा साईकललाई ठक्कर दिदाँ घाईते भएका साईकल यात्री बेलबारी- २ का १९ बर्षीय लेखनाथ चौहानलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्याउन साथ मृत्यु भएको थियो भने अर्का साईकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भईरहेको छ ।

यसै गरी आज झापाको कनकाई नगरपालिका- १ दुर्गापुर चोक स्थितमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको प्र १-०१-०१६-३१५९ नम्बरको मोटरसाईकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड-२ स्थित रहेको निधी क्याम्पसको बसले ठक्कर दिदाँ घाईते भएका मोटरसाईकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका-४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

सबै दुर्घटनामा संलग्न सवारी साधनहरु र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार
“साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” सम्झौता नविकरण, पुरस्कार वितरण तथा संस्थापकलाई सम्मान
२०८१-०७-१४

साधना देवी उत्कृष्ट प्रहरी पुरस्कारको सम्झौता नविकरण, पुरस्कार वितरण तथा पुरस्कार कोषका संस्थापक हाडजोर्नी विभाग, वि.पि. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठलाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित कार्यक्रमका विच सम्मान गरिएको छ । कार्तिक १४ गते आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुवेर खापुङ र पुरस्कार कोषका संस्थापक प्राध्यापक डा. बिक्रम प्रसाद श्रेष्ठले नविकरण गरिएको सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको थियो । सम्झौता नविकरण पश्चात कार्यक्रमका प्रमुख अतिथि खापुङले पुरस्कार कोषका संस्थापक डा. श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान-पत्रद्वारा सम्मान गर्नु भएको थियो । उक्त कार्यक्रममा कोषका संस्थापक श्रेष्ठले “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” बाट पुरस्कृत हुने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक गोपाल थापा मगरलाई चेक हस्तान्तरण समेत गर्नु भएको थियो । “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” सुनसरीको धरान निवासी स्वर्गीय साधना देवी श्रेष्ठको नामबाट उनको छोरा डा. बिक्रम प्रसाद श्रेष्ठ र तत्कालिन पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर विच २०७१ सालको प्रहरी दिवसबाट पुरस्कार प्रदान गर्ने र प्रत्येक ५/५ बर्षमा दुबै पक्ष बीच पुनः सम्झौता नबिकरण गर्ने सहमति अनुसार “साधना देवी उत्कृष्ट प्रहरी पुरस्कार” को मिति २०८१ साल कार्तिक १४ गते सम्झौता नविकरण भएको हो । उक्त पुरस्कार कोशी प्रदेश भरीका प्रहरी कर्मचारीहरुबाट आफ्नो कार्यक्षेत्रमा देखाएको बहादुरीता, जोखिमपूर्ण कार्यमा सफलता तथा अपराध अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गर्ने मध्येबाट छनौट गरी प्रदान गरिने गरेको छ ।

लागुऔषध सहित २ जना पक्राउ
२०८१-०७-१२

मोरङको बिराटनगर-१५ स्थितबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले प्रतिवन्धित लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । कार्तिक ११ गते दिउँसो चेकजाँचको क्रममा संखुवासभाको चैनपुर-१ का २० बर्षीय सन्तोष शेर्पालाई १ ग्राम ३६ मिलिग्राम ब्राउनसुगर र नाईट्राजेपाम १० ट्याबलेट सहित पक्राउ गरेको हो । यसै गरी प्रहरी चौकी रामनगरभुटाहा सुनसरीबाट खटिएको प्रहरी टोलीले हरिनगर-१ का २२ बर्षीय फारुक हजामलाई नाईट्राजेपाम १९४ ट्याब्लेट र स्पास १० ट्याब्लेट सहित पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान तथा आवश्यक कानुनि कारवाही भईरहेको छ ।

लागुऔषध गाँजा सहित २ जना पक्राउ
२०८१-०७-१२

सुनसरीको धरान उप-महानगरपालिका-६ स्थितबाट लागुऔषध गाँजा सहित २ जना पक्राउ परेका छन । कार्तिक ११ गते प्रहरी चौकी पानबारीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँचको क्रममा को.३२ प १७५० नम्बरको मोटरसाईकलमा प्लाष्टिकको बोरामा प्याक गरी बोकेको अवस्थामा २० किलोग्राम  गाँजा बरामद गरेको  हो ।  गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न मोटरसाईकल चालक धनकुटा सागुरगढी-१ का ३२ बर्षीय बुद्धराज लिम्बु र पछाडि सवार  ३० बर्षीय महा प्रसाद लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लागुऔषध गाँजा सहित पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागुऔषध सहित १२ जना पक्राउ
२०८१-०७-११

झापा, मोरङ, सुनसरी र उदयपुरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १० गते झापाको  मेचीनगर नगरपालिका-६ स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङग उर्लाबारी-३ का २१ अरुण भित्रीकोटीलाई ५ ग्राम ब्राउन सुगर सहित र प्रहरी चौकी डाँगीहाट मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी-१० भाउन्ने का १७ बर्षीय आर्यन धिमाल र २० बर्षीय दिपेश राई लाई निषेधित ट्रामाडोल ५०० क्यापसुल र डिकोलिक ५०० ट्याबलेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले त्रियुगा नगरपालिका-३ का २० बर्षीय केवल चौधरीलाई  निषेधित एम्पुल १८ वटा, ६० ट्याबलेट नाईट्रोभेट सहित नियन्त्रणमा लिएको छ ।  यसै गरी इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण व्युरो बिराटनगरको टोलीले चेकजाँचको क्रममा ईटहरी-६ का बर्ष ३६ को कृष्ण प्रसाद प्रसाई र ३३ बर्षीय सन्तोष चौधरीलाई ९८ मिलिग्राम ब्राउनसुगर सहित, भोक्राहा नरसिंह-४ का २२ बर्षीय रोस्तम अन्सारी र २२ बर्षीय ईम्रान अन्सारीलाई १५० मिलिग्राम ब्राउन सुगर सहित, इटहरी-१६ का २० बर्षीय अमन चौधरी र इटहरी-१७ का २० बर्षीय रजिंत चमारलाई २ ग्राम ३७० मिलिग्राम ब्राउन सुगर सहित र इनरुवा नगरपालिका-५ का २५ प्रेम कुमार खंग र इनरुवा-३ का २८ बर्षीय शंकर कुमार देवलाई २ ग्राम ५०० मिलिग्राम  ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

Dog Sniffing को क्रममा नियन्त्रित औषधी सहित १ जना पक्राउ
२०८१-०७-११

सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थितमा Dog Sniffing को क्रममा नियन्त्रित औषधी सहित १ जना पक्राउ परेका छन । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको “सुरक्षा सुनिश्चितता अभियान” अन्तरगत चाड पर्व लक्षित सुरक्षा योजना अनुसार कार्तिक १० गते  परिचालन भएको प्रहरी कुकुर सहितको चेकिङ टोलीले यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गरी चेकजाँचको क्रममा धरानबाट उदयपुर जादै गरेको को. १ख ५४४० नम्बरको बसमा सवार रहेका उदयुर त्रियुगा नगरपालिका-१० का २५ बर्षीय  संजय राना मगरलाई  नियन्त्रित औषधी ट्रामानिल ६०० क्याप्सुल र स्पारेष्ट ६०० चक्की सहित पक्राउ गरेको छ । लागुऔषध ओसार पसार, बिष्फोटक पदार्थ तथा अन्य अपराधिक गतिबिधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर सहितको प्रहरीले टोलीद्वारा संकित ब्यक्तिहरु तथा सवारी साधनहरुलाई कडाईका साथ चेकजाँच गरिदै आएको छ ।

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८१-०७-१०

लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ विराटनगर,कार्तिक १० गते ।  मोरङ र ईलामबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक ९ गते मोरङको बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँट स्थितमा लागु औषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर त्रियुगा नगरपालिका-४ प्रगति टोलका १९ बर्षीय खगेन मगरलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगर र प्रतिबन्धीत औषधी NITZAPASCAN -३० चक्की सहित पक्राउ गरेको छ ।  त्यसैगरी  प्रहरी चौकी दानाबारी ईलामको प्रहरी टोलीले ईलाम माई नगरपालिका-४ सुखानीका २९ बर्षीय मनोज तामाङ र २४ बर्षीय सुमन तामाङलाई ५५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।