प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिबादी पक्राउ

२०७९-११-०८

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले लेनदेन बिगो मुद्धाका एक जना फरार प्रतिबादीलाई पक्राउ गरेको छ । लेनदेन बिगो मुद्धामा सम्मानित मोरङ जिल्ला अदालत बिराटनगरको मिति २०७९|१०|२० गतेको सजाय निर्धारण फैसला आदेशले १ बर्ष ९ महिना १४ दिन कैद बेरुजु रहि फरार रहेका मोरङ ग्रामथान गाँउपालिका-२ पडारवानीका ४२ बर्षीय चन्दन कुमार माझिलाई गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको माझिलाई सम्मानित मोरङ जिल्ला अदालत दाखिला गराएकोमा कैद भुक्तानको लागि मोरङ कारागार पठाएको छ ।

सम्बन्धित समाचार
लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८१-०५-२१

लागुऔषध ब्राउन सुगर सहित ६ जना पक्राउ बिराटनगर, भदौ २१ गते । झापा, इलाम र भोजपुरबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भादौ २० गते  लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका-४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका-९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका-१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का ३१ बर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलि ग्राम ब्राउन सुगर सहित र इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका-१ का ३५ बर्षीय तिर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

लागुऔषध सहित ९ जना पक्राउ
२०८१-०५-१९

मोरङ, सुनसरी र धनकुटाबाट लागुऔषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १८ गते दिउँसो मोरङको बिराटनगर-१६ दरैया स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुनसरी दुहबी नगरपालिका-११ का २३ बर्षीय इसान चौधरीलाई ३ ग्राम ४५ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय पथरीले शनिश्चरे नगरपालिका-३ का ३५ बर्षीय कमल लिम्बु र २१ बर्षीय पवन बिश्वाकर्मलाई २ सय ५० ग्राम गाँजा सहित पक्राउ गरेको छ । त्यसैगरी सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेले धरान-११ का २१ बर्षीय अंकित तामाङ, धरान- १७ का २१ बर्षीय रवीन राई र धरान-१६ का ३० बर्षीय विशाल लिम्बुलाई २३० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ भने प्रहरी चौकी सिधुवा धनकुटाले छथर जोरपाटी गाउँपालिका-५ का २२ बर्षीय लक्षु शेर्पा, मोरङ सुन्दरहरैचा नगरपालिका-८ का २१ बर्षीय प्रबेश लिम्बु र सुन्दरहरैचा- ९ की २० बर्षीया सलिना क्षेत्रीलाई निषेधितऔषधी ट्रामाडोल र डिकोलिक १४१ ट्याब्लेट सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

ट्याक्टरले किच्चेर १ जनाको मृत्यु
२०८१-०५-१९

संखुवासभाको चैनपुर नगरपालिका-२ ताङ्लेवा स्थितमा ट्याक्टरले किच्चेर १ जनाको मृत्यु भएको छ । भदौ १८ गते दिउँसो साढे २ बजे खाद्यान्न सामग्री बोकेर सिद्धपोखरीबाट चित्लाङ तर्फ जाँदै गरेको प्रदेश १-०२-००३ त १७६३ नम्बरको ट्याक्टरमा सवार रहेका स्थानीय १९ बर्षीय लिला बहादुर तामाङ ट्याक्टरबाट लड्दा सोही ट्याक्टरको चक्काले किची घटनास्थलमा नै मृत्यु भएको हो । दुर्घटनामा संलग्न चालक उदयपुर चौदण्डीगढी नगरपालिका- १ का २७ बर्षीय संजीब राईलाई इलाका प्रहरी कार्यालय चैनपुरले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको छ ।

लागुऔषध सहित ७ जना पक्राउ
२०८१-०५-१८

मोरङ, उदयपुर र खोटाङबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १७ गते साँझ साढे ५ बजे मोरङको बिराटनगर महानगरपालिका १७ स्थितमा भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री १८ स्थानीय मो. सज्जाद र २५ बर्षीय मो. रब्बानीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनिहरुको साथबाट ७९ मिलिग्राम ब्राउन सुगर फेला पारी पक्राउ गरेको हो । त्यसैगरी उदयपुरको त्रियुगा नगरपालिका- ६ स्थितमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा स. ७ प ५७२० नम्बरको मोटरसाईकल चालक त्रियुगा नगरपालिका ११ का १८ बर्षीय सविन राईलाई नियन्त्रीत आषधी बुप्रिनोर्फिन, फेरानागन, डाइजेपाम गरी जम्मा २४ एम्पुल र नाइट्राभेट २२ ट्याब्लेट सहित पक्राउ गरिएको हो । त्यस्तै प्रहरी बिट रत्नपार्क खोटाङबाट दिक्तल रुपाकोट मझुवागढी नगरपालिका-२ स्थितमा खटिएको प्रहरी टोलीले दिक्तेल रुपाकोट मझुवागढी-१४ का १८ बर्षीय आश्रेय राई, २५ बर्षीय सिजन राई, दिक्तेल रुपाकोट मझुवागढि-२ का २२ बर्षीय प्रदिप राई र दिक्तेल रुपाकोट मझुवागढि- ४ का २० बर्षीय मिलन राईलाई ट्रमाडोल-५२ क्याप्सुल, डिकोलीक-१४ पिस, नाईड्रभेट- १ पिस र कोलिबन-३ पिस सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।