अवैध मेडिकल सर्जिकल सामाग्री बरामद
२०७९-११-०४
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिका-५ कोचाखाल स्थितबाट अवैध मेडिकल सर्जिकलका सामाग्रीहरु प्रहरीले बरामद गरेको छ । आज बिहान साढे ६ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको १ ह १३२५ नम्बरको सिटीलाई चेकजाँच गर्ने क्रममा अन्दाजी १ लाख ५० हजार बराबरको मेडिकलका सामान बरामद भए सगै सिटी चालक बिराटनगर महानगरपालिका-१२ का ५६ बर्षीय शिवशंकर मण्डललाई प्रहरीले पक्राउ गरेको हो । बरामद भएका सामान र पक्राउ परेका मण्डललाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा बुझाईएको छ ।