नियन्त्रित औषधी र मोटरसाईकल नियन्त्रण
२०७९-१०-२२
- A
- A-
- A+
मोरङको सुनवर्षी नगरपालिका ७ बरडंगा स्थितबाट नियन्त्रित औषधी सहित भारतिय नम्बर प्लेटको मोटरसाईकल नियन्त्रणमा लिईएको छ । हिजो दिउसो साढे २ बजे प्रहरी चौकी बरडंगाबाट खटिएको प्रहरी टोलीलाई देख्न साथ BR39L 1082 नं. को मोटरसाईकल घुमाउने क्रममा अनियन्त्रित भई मोटरसाईकल लड्दा चालक मोटरसाईकल छाडी फरार भएका थिए ।
खटिएको प्रहरी टोलीले सोही मोटरसाईकलमा बाधेको बोरामा नियन्त्रित औषधी Tramadol Capsules IP ट्याबलेट ९६० पत्ता (९६०० पिस) फेला पारेको हो । फरार भएका व्यक्तीको खोजतलास भईरहेको छ ।