मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु, दुईजना घाईते
२०७८-०७-०२
- A
- A-
- A+
सुनसरी ईटहरी उपमहानगरपालिका १६ जालपा पेट्रोल पम्प स्थित पुर्ब-पश्चिम राजमार्गमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी रामधुनी नगरपालिका १ का २२ बर्षीय मुकेश सरदार रहेका छन् ।
हिजो राती पौने १० बजे पश्चिमबाट पुर्ब तर्फ जादै गरेको को ४ प ६८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टिदा बिपरित दिशाबाट आउदै गरेको प्रदेश नं १-०२-००३ ह ३०७८ नम्बरको सिटी सफारी समेतमा ठक्कर लागेको थियो । सो दुर्घटनाबाट गम्भिर घाईते भएका मोटरसाईकल चालक मुकेशको घोपा धरानमा उपचारको क्रममा राती ११ बजे मृत्यु भएको हो ।
मोटरसाईकलमा पछाडी सवार रहेका रामधुनीकै २२ बर्षीय नबिन सरदार र १८ बर्षीय अबिसेक सरदार समेत घाईते भई उपचार भईरहेको छ । उक्त मोटरसाईकलमा ३ जना सवार रहेका थिए । घटनाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय पकलीबाट थप अनुसन्धान भईरहेको छ ।