अवैध सामान बरामद
२०७९-१०-११
- A
- A-
- A+
झापाको सिमावर्ती क्षेत्रबाट अवैधरुपमा भन्सार छलि चोरि निकासी गरी नेपाल भित्र्याउदै गरेको र भारत तर्फ लैजादै गरेको अवस्थामा किराना लगायत ढाकाको बिभिन्न प्रकारका कपडाहरु फेला पारी प्रहरीले बरामद गरेको छ । हिजो साँझ साढे ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर-७ धनकुटेलि बस्ती स्थितबाट अन्दाजी ५० हजार र ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले मेचिनगर-१० स्थितबाट २ लाख ७५ हजार बराबरको किरानाका सामान बरामद गरेको हो भने ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचिनगर-६ स्थितबाट ५० हजार बराबरको बिभिन्न प्रकारका ढाकाको कपडाहरु नेपालबाट भारत तर्फ लैजादै गरेको अवास्थामा फेला पारी प्रहरीले बरामद गरेको हो । बरामद भएको सामानहरु आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।