प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०७९-१०-११
- A
- A-
- A+
मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो ३ बजे बिराटनगर -१६ दक्षिण गेट स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका गौरादह नगरपालिका-९ झापाका ३१ बर्षीय सबिन खड्कालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक-४ एम्पुल, ऐभिल-४ एम्पुल, फेनारागन-४ एम्पुल र डाईजोपाम- ४ एम्पुल फेला पारी पक्राउ गरेको हो । त्यसै गरी बिराटनगर-१५ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश नम्बर १-०२-०४६ प ३९७५ नम्बरको स्कुटरलाई चेकजाँच गर्न क्रममा DIALEX DC 100 ML- २० बोतल फेला पारी चालक सुन्दरहरैचा नगरपालिका-१० मोरङका ३७ बर्षीय आसिष लामिछाने गुरुङ र स्कुटरमा पछाडी सवार चौबिसे गाउँपालिका-६ धनकुटाका २८ बर्षीय आशिष लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको उनिहरुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।