श्रीमान् श्रीमती बिच झगडा हुँदा एक जनाको मृत्यु, एक जना घाईते
२०७८-०७-०१
- A
- A-
- A+
तेह्रथुम, २०७८ कार्तिक १ गते ।
तेह्रथुम छथर गाऊपालिका ३ ज्यामिरे का ५४ बर्षीय गोबिन्द बहादुर लिम्बु र उनको श्रीमती ५२ बर्षीया भक्त कुमारी लिम्बु बिच मादक पदार्थ सेवन गरी झै-झगडा हुँदा गोबिन्द बहादुरको ज्यान गएको छ भने भक्त कुमारीको उपचार भईरहेको छ । हिजो बेलुका ९ बजे उनिहरु आफ्नै घरमा मादक पदार्थ सेवन गरी झैझगडा तथा कुटाकुट हुँदा दुवै जनाको टाउकोमा चोट लागी गम्भिर घाईते भएका थिए । दुवै घाईतेलाई उपचारको लागी छथर अस्पताल पठाईएकोमा राती पौने १ बजे गोबिन्दको उपचारको क्रममा मृत्यु भएको थियो भने भक्त कुमारीलाई थप उपचारको लागी धरान घोपा पठाईएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय बसन्तपुरले थप अनुसन्धान गरिरहेको छ ।