अबैध समान बरामद
२०७९-०९-२४
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय सुनसरीले बिभिन्न किसिमका अबैध समानहरु बरामद गरी भन्सार कार्यालय बुझाएको छ। जिल्लाका बिभिन्न सिमावर्ती क्षेत्रबाट अबैध रुपमा चोरी निकाशी पैठारी भएका मदिरा, बिभिन्न किसिमका खाद्यान्न, लत्ता कपडाहरु गरी अन्दाजी ९ लाख ८१ हजार बराबरको समानहरु बरामद गरेको हो । बरामद भएका समानहरु आवश्यक कारवाहीको लागी सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।