सिलाई-कटाई तालिमको समुदघाटन तथा सौन्दर्यकला तालिमको समापन
२०७९-०९-२२
- A
- A-
- A+
१ नम्वर प्रदेश प्रहरी श्रीमती संघको सकृयता तथा प्रदेश प्रहरी कल्याण कोषको लगानीमा संचालित सिलाई-कटाई तालिम १० औ समुहको समुदघाटन भएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय धरानको सभाहलमा आज आयोजित एक बिशेष कार्याक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कल्पना गिरीले बिधिवत रुपमा तालिमको समुदघाटन गर्नु भएको हो । ६ महिना अवधिको उक्त तालिममा नेपाल प्रहरीका बहालवाला, पुर्व तथा अमर/अशक्त प्रहरी परिवारका आश्रीत परिवारहरुको सहभागिता रहेको थियो ।
साथै वहाले आर्य ब्युटि आर्ट एन्ड एकेडेमी धरानमा प्रहरी कल्याण कोषको लगानीमा संचालित सौन्दर्यकला तालिमको समापन समेत गर्नु भएको छ । सौन्दर्यकला तालिम चौथो समुहमा सहभागी भएका २४ जना प्रशिक्षार्थीहरुलाई सभाहलमा प्रमाण पत्र वितरण गर्नु भएको हो । तालिमको समुदघाटनको क्रममा प्रमुख अतिथि श्रीमती गिरीले यस किसिमको सिपमुलक तालिमले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीका आश्रीत परिवारमा सिपको बिकास भई आर्थिकोपार्जनमा टेवा पुग्ने बिश्वास लिएको बताउनु भयो ।
कार्यक्रममा प्रदेश प्रहरी श्रीमती संघका पदाधीकारीहरु, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरु र तालिममा सहभागिता हुने प्रहरी परिवारहरुको समेत उपस्थिति रहेको थियो ।