अवैध सामान बरामद
२०७९-०९-१७
- A
- A-
- A+
मोरङको बिराटनगर महानगरपालिक-१६ खोक्साहा, दरैया लगायतका स्थानहरुबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भन्सार छलि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा, ग्याँस चुलोको बर्नर लगायतका अन्दाजी मुल्य २ लाख ३ हजार ५ सय रुपैँया बराबरको समान बरामद गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगर बुझाईएको छ ।