पोखरीमा डुबी बच्चाको मृत्यु
२०७८-०६-२४
- A
- A-
- A+
मोरङ, २०७८ असोज २४ गते ।
मोरङ सुनवर्षी नगरपालिका ९ डायनिया का श्याम प्रसाद सिंहको ३ बर्षीय छोरा अजित सिंह पोखरीमा डुबी मृत्यु भएको छ । हिजो पौने १ बजे आफ्नै आमासँग पोखरीमा गएका बालक आमा लुगाधुईरहेकोमा खेल्ने क्रममा अचानक पोखरीमा डुबी घाईते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा दिउसो १ बजे मृत्यु भएको छ । घटनाको बारेमा ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको छ ।