नागरिक मैत्री प्रहरी सेवा प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन
२०७९-०८-२५
- A
- A-
- A+
१ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा नागरिक मैत्री प्रहरी सेवा प्रशिक्षक प्रशिक्षण तालिमको उदघाटन भएको छ । आज बिहान प्रहरी उपरीक्षक नविनराज राईको प्रमुख आतिथ्यतामा “प्रहरी कार्यालयमा नागरिक सेवा प्रवाह प्रभावकारी बनाउने सम्बन्धि अनुशिक्षण प्रशिक्षक प्रशिक्षण तालिम”को उदघाटन भएको हो ।
तीन कार्य दिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक ४ जना र प्रहरी सहायक निरीक्षक ३७ जना समेत गरी ४१ जना प्रहरी कर्मचारीहरुको सहभागिता रहेको छ । नेपाल प्रहरीको कार्ययोजना अनुसार कार्य सम्पादन सम्झौता बमोजिम प्रहरी कार्यालयहरुको सेवा नागरिक मैत्री बनाउने उदेश्य अनुरुप उक्त अनुशिक्षण तालिम प्रहरी कर्मचारीहरुलाई प्रदान गरिएको हो ।