फरार प्रतिबादी पक्राउ
२०७९-०८-२३
- A
- A-
- A+
दुई छुट्टा छुट्टै मुद्धाका फरार प्रतिबादीहरुलाई १ नं प्रदेश प्रहरी कार्यालय RIT बाट खटीएको प्रहरी टोलिले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेनदेन बिगो मुद्दाका मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १२ बस्ने ५५ बर्षीय महेन्द्र कुमार कामत र औषधिको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दाका सुनसरी धरान उप-महानगरपालिका वडा नम्बर ०३ माछाभौडी बस्ने २८ बर्षीय सिजन राई रहेका छन् । उनिहरुलाई प्रहरी टोलीले खोजतालस गर्ने क्रममा गाऊघरमै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका कामतलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरेकोमा बिगो बराबरको रकम सम्मानित अदालतमा बुझाई सम्मानित अदालतले थुना मुक्त गरेको छ भने राईलाई सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।
फरार रहेका कामतको लेनदेन बिगो मुद्दामा सम्मानित मोरङ जिल्ला अदालत विराटनगरको मिति २०७९।०६।०९ गतेको फैसला बमोजिमको बिगो रकम दाखिला नगरेको हुँदा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम सम्मानित मोरङ जिल्ला अदालतको चलानी नं. ७६३, मिति २०७९।०६।०९ गतेको पत्रानुसार १ बर्ष कैद भई बिगो नं.२५९/६४० मा कैद बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो भने राईको औषधिको अनुचित प्रयोग तथा दुरुपयोग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७९।०३।२० गतेको सजाय निर्धारण फैसला आदेशले क्रमशः ११ महिना ३ दिन कैद र रु.१०,०००/- (दश हजार) जरिवाना भई लगत नं. १६८९ मा कैद तथा जरिवाना बेरुजु रहि असुल गर्न बाँकी रहेका थियो ।