प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

२०७९-०७-०२

  • A
  • A-
  • A+
Share

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय तथा सम्पुर्ण शाखाहरु समेतको निरीक्षण गर्नु भई कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिनु भएको थियो । निर्देशनको क्रममा वहाँले नागरिकको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको रक्षा, सेवाग्राहीसँग समान व्यवहार, नैतिकता र अनुशासित भई  प्रहरी संगठन र कार्यालयको गरिमा बढाउने कार्य गर्न निर्देशन दिनु भयो । प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस पालना गरी प्रहरी आचरण र ब्यवहारमा सुधार ल्याई सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न र आत्महत्या तथा सवारी दुर्घटना न्युनिकरणका लागि बिभिन्न जनचेतना मुलक कार्यक्रमहरु सन्चालन गर्नका साथै चाडपर्वको समयमा बिशेष ध्यान दिई सुरक्षा ब्यबस्था मिलाउन र निर्वाचन लक्षित बिशेष सुरक्षा सतर्कता अपनाउन कार्यरत प्रहरी कर्मचारी तथा तालिमरत रहेका म्यादी प्रहरीहरु समेतलाई निर्देशन दिनु भयो ।  

सम्बन्धित समाचार
प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको अस्थायी प्रहरी चौकी देउराली र बरगाछीबाट मंसिर २० गते चेकजाँचमा खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका- ५ र १५ स्थितबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका धरान-५ का जितेन्द्र राई र धनकुटाको साँगुरीगढी गाउपालिका-७ का जीवन राईलाई प्रतिबन्धित औषधी १४० ट्याब्लेट सहित, धरान-५ का भलराम श्रेष्ठ र धरान-१५ का समिर सुनामलाई ट्रामाडोल-४०० ट्याब्लेट, डिकोलिक-४०० ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको इलाका प्ररी कार्यालय धरानबाट थप अनुसन्धान भई रहेको छ ।

लागू औषध गाँजा सहित ४ जना पक्राउ
२०८२-०८-२१

सुनसरीको इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१३ स्थित साबिर ग्यारेजबाट १ सय ४९ किलोग्राम लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरेको छ । मंसिर २० गते दिउँसो बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडी ग्यारेजमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा र ओसार पसारमा प्रयोग भएको मे. १ज २०१८ नम्बरको बोलेरो बरामद गरे संगै संलग्न धनकुटा साँगुरीगढी गाउँपालिका-४ का ईन्द्र लिम्बु, जिपसन लिम्बु र ग्यारेज संचालक भारतका साबिर आलमलाई समेत नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले मंसिर २० गते हरिनगर गाउँपालिका-२ भुटाहाबाट सोही स्थानका कैला अन्सारीलाई ६१ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको छ ।  लागू औषध गाँजा सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।  

लागू औषध सहित ३ जना पक्राउ
२०८२-०८-२०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थाहरुबाट लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर १९ गते जिल्ला प्रहरी कार्यालय सुनसरीले बराक्षेत्र नगरपालिका- ६ का सुजन दाहाललाई २ ग्राम ३ मिलिग्राम ब्राउन सुगर सहित इनरुवा- ४ बाट नियन्त्रणमा लिएको हो भने धरान-२० स्थितमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर प्रादेशिक अनुसन्धान समुह (PIT) र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पैदलयात्री सोहि स्थानका मौसम राईलाई ११ किलोग्राम गाँजा सहित पक्राउ गरेको हो । त्यस्तै मोरङको विराटनगर- १५ बाट इलाका प्रहरी कार्यालय रानीले विराटनगर- १७ का मो. अकबरलाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ । 

प्रदेश प्रहरी प्रमुखबाट जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण, आपसी भाईचारा र सहयोगी भावनाका साथ नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न निर्देशन
२०८२-०८-१७

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय पाचँथरको निरीक्षण भ्रमण गर्नु भएको छ । मंसिर १७ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । वँहाले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहेर कार्य गर्दै आईरहेको बताउदै आपसी भाईचारा तथा सहयोगी भावनाको बिकाश गरी आचरण तथा व्यवहारमा सुधार ल्याई आफ्नो काम कर्तव्य, जिम्मेवारी तथा अधिकारको पालना गरी संगठनको हित र उद्धेश्यलाई सदैव प्राथमिकतामा राखी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न  प्रहरी कर्मचारीहरुलाई  निर्देशन दिनु भएको छ । जिल्लाका दुरदराजमा रहेका बस्तीहरुमा शान्ति सुरक्षा कायम राख्न लामो तथा छोटो दुरीको गस्ती परिचालन गर्न र चेतनाको कमीको कारण हुने घटना दुर्घटनालाई नियन्त्रण गर्न  सचेतनामुलक कार्यक्रमहरु प्रभावकारीरुपमा संचालन गर्न निर्देशन दिनुका साथै आगामी निर्वाचनलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउनको लागी आफ्नो पदिय जिम्मेवारी अनुसार त्रुटि रहित तवरले कार्य गर्न निर्देशन दिनु भएको छ । निरीक्षण भ्रमणको क्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक केशव भट्टराई समेतको उपस्थिती रहेको थियो ।